तुलसीपुरमा मेला नलगाउन नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको ध्यानाकर्षण

तुलसीपुर । अहिलेको विषम परिस्थितिमा ब्यापार ब्यवसायीको हित विपरित विभिन्न महोत्सव सञ्चालन गर्न लागिरहेकोप्रति नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनले एक बिज्ञप्ती जारी गर्दै आपत्ति जनाएको छ ।

कोभिडका कारण आम जनजीवन प्रभावित भई पुनः सामान्य अवस्थामा फर्किदै गरेको अवस्थामा ब्यापार, मेला सञ्चालन गर्न कुनै औचित्य नभएको बताइएको छ ।

संगठनका अध्यक्ष घनश्याम डाँगीको हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ‘कोभीड १९ ले थला परेको ब्यवयायक्षेत्र निकै कठिन परिस्थितिमा रहेको छ । अहिलेको विषम परिस्थितिमा मेला महोत्सवले आम सर्वसाधारणको स्वास्थमा ठुलो समस्या ल्याउने भएको हुँदा कुनै पनि ब्यापार मेला महोत्सव नगर्न, नगराउन सम्बन्धित निकायलाई समेत ध्यानाकर्षण गराएको छ ।’

प्रकाशित मिति : २०७८ मङ्सिर १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस