
तुलसीपुर । तुलसीपुर स्थित लोकप्रिय सैलुन तथा मेकअप स्टुडियोका सञ्चालक घनश्याम डाँगीले आफ्नो जन्मदिनको अवसरमा अनाथ बालबालिकाका लागि स्थापित दिदी घरलाई सहयोग गरेका छन् ।
डाँगीले आफ्नो ३६ औं वर्षको अवसरमा बुधबार बिहान दिदी घरमै पुगेर उनले बिस्कुट, कापी कलम लगायतका सामग्रीहरु सहयोग गरेका हुन् । साथै डाँगीले दिदी घरमा पुगेर त्यहाँ रहेका बावालिकाहरुको निशुल्क कपाल काटिदिएका छन् । डाँगीले आउने दिनमा आफुले दिदी घरमा रहेका बालवालिकाहरुको निशुल्क कपाल काटिदिने प्रतिबद्धता व्यक्त गरे ।
घरमै आएर गरेको सहयोग गरेकोप्रति दिदी घर सञ्चालन गरेकी स्यानी चौधरीले डाँगीलाई धन्यवाद दिएकी थिइन् ।
डाँगी तुलसीपुरमा बिगत लामो समयदेखि ब्यवसाय र सामाजिक काममा संलग्न रहेका छन् । उनी नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन तुलसीपुरका अध्यक्ष पनि हुन् ।
प्रकाशित मिति : २०७८ मङ्सिर १५ गते बुधवार