ओलीले ४०० मत ल्याउँदा रावलले ४२ मात्रै

चितवन । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत गणना सुरु भएको छ । प्रारम्भिक परिणामअनुसार वर्तमान अध्यक्ष केपी शर्मा ओलीले फराकिलो अग्रता बनाएका छन् ।

निर्वाचन आयोगकाअनुसार ओलीले ४०० मत ल्याउँदा प्रतिस्पर्धामा रहेका उपाध्यक्ष भीम रावलको पक्षमा ४२ मत मात्रै आएको छ।

अहिले सेभेन स्टार होटलस्थित एलिफेन्ट कन्फेरेन्स हलमा मतगणना भइरहेको छ। निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले मतगणना सुरू भएको दुई घण्टामै परिणाम सार्वजनिक भइसक्ने बताएका छन्।

एमालेको नेतृत्व चयनका लागि मंगलबार बिहान ४ बजेदेखि सुरु भएको मतदानमा दुई हजार ९६ मत खसेको छ।

विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने सुब्बाले बताए। अध्यक्षमा केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच प्रतिस्पर्धा भएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस