एमालेको केन्द्रीय सदस्य पद लालबाबु पण्डितद्वारा अस्वीकार

चितवन । नेकपा एमालेका नेता लालबाबु पण्डितले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।

पदाधिकारीमा दाबी गर्दै आएका पण्डितलाई केन्द्रीय कमिटी सदस्यहरुको सूचीमा राखिएको थियो । त्यसप्रति असन्तुष्टि जनाउँदै पण्डितले सम्पूर्ण कार्यकारी पदबाट विदा लिएको घोषणा गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल ट्विटरमा पूर्वमन्त्री पण्डितले लेखेका छन्, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दशौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’

आफूले केन्द्रीय सदस्यमा पहिले नै उठ्दिन भने पनि अहिले केन्द्रीय सदस्यमा राखेकाले अस्वीकार गरेको बताए । ‘केन्द्रीय सदस्यमा उठ्दिन भनेकै थिएँ । अब पदाधिकारीमा बागी उठ्दिन । अब म पार्टीको कार्यकारी भूमिकामा नरहेर संगठित सदस्य भएर काम गर्छु’ उनले भने ।

प्रकाशित मिति : २०७८ मङ्सिर १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस