दाङको कांग्रेस अधिवेशन सभापतिमा आज पुनः मतदान हुँदै

घोराही । दाङको कांग्रेस महाधिवेशन सभापति पदका लागि ४ जनाबिच भएको प्रतिस्पर्धामा बहुमत प्राप्त गर्न नसकेपछि आज पुनः मतदान हुँदै छ। शनिबार भएको मतदानमा निर्वाचित हुनेले ५१ प्रतिशत मत ल्याउने प्रावधान भएकोमा कसैले पनि पूर्ण मत ल्याउन नसकेपछि पुनः मतदान हुने भएको हो।

विहान १० बजेदेखि मतदान सुरु भएको छ। काँग्रेस दाङको सभापतिका लागि शंकर प्रसाद डाँगी, भुप बहादुर डाँगी, कमलकिशोर घिमिरे र जानकीलाल बस्नतेबीच प्रतिस्पर्धा भएको थियो ।

शनिबार भएको निर्वाचनमा शंकरप्रसाद डाँगीले ७७६ मत, भुपबहादुर डाँगीले ५४६ मत, जानकीलाल बस्नेतले ४७१ मत र कमल किशोर घिमिरेले ३१५ मत प्राप्त गरेका थिए । निर्वाचनबाट सभापति पदमा ५१ प्रतिशत मत प्राप्त नभएपछि चार प्रतिस्पर्धी मध्ये बढी मत ल्याउने शंकरप्रसाद डाँगी र भुपबहादुर डाँगीबीच आज पुनः मतदान हुँदैछ ।

उपसभापति, सचिव र सहसचिवमा निर्वाचित हुनेहरुको नतिजा आइसकेको तर निर्वाचन समितिले घोषणा गर्न बाँकी रहेको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस