तुलसीपुर । दाङ जिल्लामा नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सरगर्मी बढेको छ । वडा, क्षेत्र र प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ । दाङ जिल्ला सभापतिको रुपमा धेरै आकांक्षी देखिएतापनि चार जना उम्मेदवारले पार्टी सभापतिमा उम्मेदरी दिई मैदानमा उत्रिएका छन् ।
जिल्ला सभापतिका रुपमा वर्तमान जिल्ला सचिव शंकरप्रसाद डाँगी, निवर्तमान जिल्ला सचिव कमलकिशोर घिमिरे, नेविसंघ दाङका पूर्व अध्यक्ष एवम् युवा नेता जानकीलाल बस्नेत र कुशल संगठक एवम् नेपाली कांग्रेस क्षेत्र नं. २ का निवर्तमान सभापति भूपबहादुर डाँगीले सभापति पदमा आ–आफ्नो प्यानल सहित उम्मेदवारी दिँदै मैदानमा उत्रिएका छन् ।
विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा शुरु गरेका शंकरप्रसाद डाँगी युवाबीच लोकप्रिय छन् भने विद्यार्थीबाट राजनीतिक यात्रा शुरु गरेका कमलकिशोर कुशल संगठक र युवानेताका रुपमा परिचित छन् । लामो समय विद्यार्थी राजनीतिमा खटिएका जानकीलाल सबैको प्रियनेताको रुपमा परिचित छन् भने सबैलाई मिलाएर एकतावद्द ढंगमा लैजाने सक्ने पात्रका रुपमा निवर्तमान क्षेत्रीय सभापति भूपबहादुर डाँगी रहेका छन् । चारै जना सभापति पदका उम्मेदवारले आफ्नो जीत सुनिश्चित भएको बताएका छन् ।
जिल्ला उपसभापति पदमा उपसभापति प्रदिप खड्का, यज्ञबहादुर वली, गिरिराज सुवेदी, कमानसिंह भारती, एकराज आचार्य, बुद्धिप्रकाश चौधरी र मिनकेतन चौधरीले उम्मेदवार दिएका छन् ।
जिल्ला सचिव पदमा बालिका लम्साल, अर्जुन योगी, कृष्णप्रसाद सुवेदी र सूर्यप्रकाश राणाको उम्मेदवार परेको छ भने सहसचिव पदमा लक्ष्मी योगी, राजु आचार्य, भूपबहादुर भण्डारी, सुबोधकुमार डाँगी र हरि भुसालले उम्मेद्वारी दर्ता गराउँदै मैदानमा उत्रिएका छन् ।
जिल्ला सदस्य पदमा घोराही उपमहानगरपालिकाबाट महिला सदस्यमा घना डि.सी., छविकुमारी बस्नेत, निरजा पोख्रेल, मञ्जु बज्राचार्य र खुल्ला सदस्यहरूमा रेखबहादुर वली, बीरबहादुर खत्री, भोला अधिकारी, सरोज शाह, सुवास पोख्रेल, प्रकाश सुवेदी, रेवतीप्रसाद घिमिरेले उम्मेदवार दिँदै मैदानमा उत्रिएका छन् । तुलसीपुर उपमहानगपालिकाबाट महिला सदस्यमा चम्पा वि.क., पवित्रा धिताल, पुष्पा डाँगी, मनिकर्ण न्यौपाने कँडेल र खुल्ला सदस्यहरूमा गेहेन्द्र वली, नेत्रलाल भट्टराई, ताराप्रसाद कार्की, घनश्याम भण्डारी, यज्ञबहादुर बस्नेत, सुरेन्द्र बुढाथोकीले उम्मेदवार दिँदै मैदानमा उत्रिएका छन् ।
लमही नगरपालिकाबाट महिलातर्फ पार्वतीदेवी थापा, राधादेवी के.सी. र खुल्ला सदस्यमा कालिचरण चौधरी, पूर्णबहादुर बस्नेत, लिलाराम खनाल, सुमन खड्काले उम्मेदवार दिएका छन् भने राप्ती गाउँपालिकाबाट महिला सदस्यमा उमा चौधरी, सोनु भण्डारी र खुल्ला सदस्यमा गोवद्र्धन रावत, सुशीलकुमार बस्नेतले उम्मेदवार दिँदै मैदानमा उत्रिएको निर्वाचन समितिले जनाएको छ ।
गढवा गाउँपालिकाबाट महिला सदस्यमा विष्णुमाया घिमिरे, मिना शाह र खुल्ला सदस्यमा कृष्ण गिरी, विकास वि.सी.ले उम्मेदवार दिएका छन् । राजपुर गाउँपालिकाबाट खुल्ला सदस्यमा कृष्णबहादुर बस्नेत, केशवराम अहिर यादव र धर्मी यादवले उम्मेदवार दिँदै मैदानमा उत्रिएका छन् । दंगीशरण गाउँपालिकाबाट महिला सदस्यमा नीमा चौधरी, खुल्लामा पदमा चौधरी, शंकर शर्मा, शोभाकर न्यौपानेले उम्मेदवार दिएका छन् भने शान्तिनगरबाट महिला सदस्यमा खुमकुमारी बोगटी, विपना रोका उम्मेदवार दिएका छन् ।
त्यस्तै बबईबाट महिला सदस्यमा कुन्ती डि.सी., प्रेमकुमारी डाँगी र खुल्ला सदस्यमा गंगाराम खत्री र टंकसिंह बुढाथोकीले उम्मेदवार दिँदै मैदानमा उत्रिएको निर्वाचन समितिले जानकारी दिएको छ ।
खस आर्य महिलातर्फ केशरा पोख्रेल, छवि वली, नोखी रावत, विमला शर्मा, शान्ता पाण्डे, हेमलता पोख्रेलले उम्मेदवार परेको छ भने खस आर्य खुल्लामा हेमकुमार उपाध्याय, उमाकान्त पन्त, गणेशबहादुर वि.सी., गौरव आचार्य, जगतबहादुर थापा, ध्रुव गौतम, ध्रुव आचार्य, नारायणप्रसाद अधिकारी, निर्मल न्यौपाने, भागवत आचार्य, मुमबहादुर के.सी., लक्ष्मणकुमार रेग्मी, हरि सुवेदी र हर्कबहादुर खत्रीले उम्मेदवार दिँदै मैदानमा उत्रिएका छन् ।
आदिवासी जनजाति महिलातर्फ तुलसीराम राना, रमेशकुमार श्रेष्ठ, सुरेशकुमार श्रेष्ठ, दलित खुल्लातर्फ खेमराज विश्वकर्मा, प्रबल रसाइली, सोमराज सुनार र पदम नेपालीको उम्मेदवार परेको छ । थारु महिला सदस्यमा चेतना चौधरी, पवित्रा चौधरी, बृजा चौधरी, मानु कुमाल, शान्ति चौधरी र खुल्ला थारुतर्फ गद्दुलाल चौधरी, चेतराम चौधरी, प्रभुनारायण चौधरी, भागीरथ चौधरी, मोहनकुमार चौधरी, श्रीप्रसाद चौधरीले उम्मेदवार दिँदै मैदानमा उत्रिएको निर्वाचन समितिले जानकारी दिएको छ । मधेशी, मुस्लिम, अल्पसंख्यक, अपांग खुल्लातर्फ राजकुमार धिताल, शालिकराम यादव उम्मेदवार दिँदै मैदानमा उत्रिएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देखिएको रौनकले सबै कार्यकर्ताहरू मख्ख छन् । कुनै उम्मेदवार कोहीभन्दा कम नरहेको कार्यकर्ताहरूको बुझाई छ । निर्वाचनको मत परिणाम नआउँदासम्म आम कांग्रेसका कार्यकर्ताहरूको एउटै भनाई छ अब बाजी कसले मार्छ ?