जलजला युवा क्लब रोल्पाको खेलकुद प्रतियोगिता

रोल्पा । ‘राष्ट्रका लागि विविधतामा एकता, स्वस्थ नागरिकका लागि खेलकुद आवश्यकता’ भन्ने मुलनाराको साथ जलजला युवा क्लब परिवर्तन गाउँपालिका ४ रोल्पाको १५ औं वार्षिकोत्सबको अवसरमा आयोजित खेलकुद प्रतियोगिता दोस्रो दिनमा पनि जारी रहेको छ ।

बुधबार एक औपचारिक कार्यक्रमको बीच उद्घाटन भएको १५ औं वार्षिकोत्सबमा आयोजित प्रतियोगितामा खुला पुरुष भलिबलमा १३ टिमको सहभागिता रहेको छ ।

खुला महिला भलिबलमा ४ टिमको सहभागिता रहेको छ भने खुला फुटबलमा १० टिमको सहभागिता रहेको छ । त्यसैगरी खुला व्याडमिन्टनमा १६ टिमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । क्लबको १५औं वार्षिकोत्सब मंसिर १० गतेसम्म जारी रह्ने क्लबका अध्यक्ष केआर बुढामगरले बताए ।

प्रतियोगितामा खुला पुरुष भलिबलमा प्रथम हुनेलाई नगद ४० हजार सहित प्रमाणपत्र दिइनेछ, द्वितीय हुनेलाई नगद २५ हजार सहित प्रमाणपत्र दिइनेछ भने सान्त्वना दुई टिमले नगद १०/१० हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । खुला फुटबल प्रतियोगितामा प्रथमलाई नगद २० हजार सहित प्रमाणपत्र, द्वितीयलाई नगद १० हजार सहित प्रमाणपत्र र सान्त्वना दुई टिमले नगद ५/५ हजार सहित प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।

त्यस्तै खुल्ला महिला भलिबल प्रतियोगितामा प्रथमलाई नगद १५ हजार सहित प्रमाणपत्र, द्वितीयलाई नगद १० हजार सहित प्रमाणपत्र र सान्त्वना दुई टिमले नगद ५/५ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । खुल्ला व्याडमिन्टन प्रतियोगितामा प्रथमलाई नगद १५ हजार सहित प्रमाणपत्र, द्वितीयलाई नगद १२ हजार सहित प्रमाणपत्र, तृतीयलाई नगद ८ हजार सहित प्रमाणपत्र र सान्त्वना आउनेले नगद ५ हजार सहित प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस