काठमाडौं । शेयर बजार परिसूचक नेप्से बुधबार सामान्य अंकले बढेको छ । नेप्से बुधबार १ दशमलव ८२ अङ्कले बढेर २ हजार ७ सय ३४ दशमलव ९३ विन्दुमा पुगेको छ ।
आज बैंकिङ, व्यापार र जीवन बीमा समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । होटल समूहको शेयर दुई अङ्कले, विकास बैंक समूहको ४२ दशमलव ८१, जलविद्युतको २३, फाइनान्सको ३५, उत्पादनको २७, अन्यको साढे पाँच र माइक्रोफाइनान्स समूहको शेयर साढे तीन अङ्कले बढेको छ ।
आज दुई सय २७ कम्पनीका ७४ लाख ४५ हजार कित्ता शेयर चार अर्ब २१ करोड ७४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल टेलिकमको २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर सबैभन्दा धेरै साढे नौ प्रतिशतले बढेको छ । गोर्खाज फाइनान्सको शेयर भने साढे दुई प्रतिशतले घटेको छ ।
प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार