आज पनि घट्यो सुनको मुल्य, तोलाको कति ?

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्य पुनः घटेको छ । हिजो मंगलबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

आज बुधबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो । हिजो प्रतितोला १६०० रुपैयाँले घटेको थियो ।

महासङ्घकाअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदीमा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस