काठमाडौं । काठमाडौ विमानस्थलबाट रुकुमको चौरजहारीका लागि उडेको बिमान नेपालगञ्जमै अवतरण गरेका छ । नेपाल एयरलाइन्स (नेवानि) को ट्विनअर्टर जहाज सोमबार साँझ नेपालगन्जमा ‘नाइट स्टप’ गरेको छ । पाइलटको तोकिएको ‘ड्यूटी आवर’ सकिएपछि विमान नेपालगञ्जमै रोकिएको थियो ।
यसप्रति यात्रुहरूले असन्तुष्टि पोख्दै किन यसो भयो त ? भन्दा नेवानिका एक अधिकारीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले पाइलटका लागि एक दिनमा १० घण्टा वा १० पटकको ल्यान्डिङसम्म उडान गर्न पाउने भनि निश्चित समयावधि तोकेको छ । त्यो समयावधि भन्दा बढी समय पाइलटले जहाज उडाएमा एयरलाइन्स र पाइलट दुबैलाई नियामक निकायले कारवाही गर्छन् ।
यसै बाध्यताका कारण सोमबार नेपालगन्जबाट चौरजहारी उडेको जहाजले नेपालगन्जमा नाइटस्टप गरेको ती अधिकारीले जानकारी दिए ।
उनका अनुसार चौरजहारीको मौसम खराब भएको रिर्पोट आएपछि जहाजलाई नेपालगञ्जमै अवतरण गरिएको हो । चौरजहारी पुगेर अवतरण गर्न नसकेको भए पाइलटको ड्यूटी आवर क्रस हुने अवस्था थियो ।
आन्तरिक उडानमा नेवानिसँग दुई वटा मात्र ट्वीनअटर जहाज छन् ।