
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १६ सयले घटेको छ । सोमबार प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको सुनको मुल्य आज तोलामा १ हजार ६०० रुपैंयाले घटेर प्रतितोलाको मूल्य ९२ हजार ३०० रुपैंया कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य आज तोलाको ९१ हजार ८०० रुपैंया रहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैंयाले घटेर प्रतितोलाको मूल्य १ हजार २५५ रुपैंया रहेको महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार २७० रुपैंया रहेको थियो ।
प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार