रोल्पा । महान जनक्रान्ति सहिद परिवार समाज नेपाल माडी गाउँपालिका रोल्पाको सम्मेलन सोमबार घर्तीगाउँमा सम्पन्न भएको छ। सम्मेलनमा महान वीर सहिदहरुलाई जन्मदिने माडी गाउँपालिका वडा नम्बर १ देखि ६ सम्मका सहिद परिवारको उपस्थितिमा सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलन सहिद परिवार समाजका केन्द्रीय अध्यक्ष एवं शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीमगरको प्रमुख आतिथ्यता तथा सहिद परिवार समाजका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष शेर बहादुर बुढामगर र माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुन मगरको विशिष्ट आतिथ्यता कार्यक्रम भएको हो ।
सम्मेलनले माडी गाउँपालिकामा हरिष चन्द्र बुढामगरको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको छ । सम्मेलनको प्रमुख अतिथि जयपुरी घर्तीमगरले सहिदको योगदानले आज देशमा आमोल परिवर्तन आएको बताउदै, सरकारले परिवारलाई हेर्ने दृष्टिकोण फरक भएको बताइन् । आफू अध्यक्ष भएर सहिद परिवारको मुद्दालाई उठाउदै आएको समेत घर्तीले दाबी गरिन् । अहिले सहिद परिवारलाई राज्यले नहेर्नु दुखद पक्ष भएको र सधैं सहिदको मुद्दालाई सरकार समक्ष उठाउदै अगाडि बढ्ने समेत उद्घोष गरिन् ।
सम्मेलनको विशिष्ट अतिथि नन्द बहादुर पुनमगरले स्थानीय सरकारले सहिद परिवारको लागि राम्रो काम भएको दाबी गरे । त्यस्तै शेर बहादुर बुढामगरले प्रदेश सरकारले सहिद परिवारको लागि आफूहरु अगाडि बढिरहेको बताए। सो सम्मेलनमा नेकपा माओवादी केन्द्र माडी गाउँपालिका अध्यक्ष अम्मरसिङ घर्तीमगर, माडी वडा नम्बर ५ का वडा अध्यक्ष भरत बहादुर बुढामगर लगायतको उपस्थिति हरेको थियो ।