काठमाडौं । तमिल भाषामा बनेको चलचित्र ‘जय भीम’ले चलचित्रसँग जोडिएको आँकडा बताउने वेबसाइट आईएमडीबीमा सबैभन्दा बढी रेटिङ पाएको छ । यो चलचित्रलाई दर्शकले ‘द सशांक रिडेप्सन’ र ‘द गडफादर’ जस्ता क्लासिक चलचित्रसँग तुलना गरेका छन् ।
‘जय भीम’को शुरुवातमा देखाइएका केही दृश्यमा प्रहरी अधिकारीहरु जातीयताको आधारमा मानिसलाई अलग गराइरहेका छन् । यो दृश्यमा जो मानिसहरु दबंग जातिका हुन्छन्, उनीहरुलाई जानका लागि भनिन्छ । तर, जो दलित र आदिवासी समुदायका हुन्छन् उनीहरुमाथि झुटो आरोप लगाइन्छ ।
यो दृश्य निकै मार्मिक छ । यो दृश्यले भारतका साना शहर र गाउँमा दलितहरुको जीवन अनिश्चित रहेकोतर्फ संकेत गर्दछ ।
भारतको कुल जनसंख्याको २० प्रतिशत दलित छन् । कानून भएर पनि उनीहरुमाथि निरन्तर भेदभाव र हिंसाको घटना भइरहेका छन् । यो चलचित्रको नाम ‘जय भीम’ अर्थात् ‘भीम अमर रहें’ हो । यो लोकप्रिय नारा दलित विद्धान तथा नेता भीमराव रामजी ९बीआर० अम्बेडकर उनका समर्थकहरुले दिएका छन् ।
यो चलचित्रको निर्देशन टीजे ज्ञानवेलले गरेका छन् । चलचित्रमा तमिल स्टार सूर्याको मुख्य भूमिका छ । यो चलचित्रले गलत शैलीको विरुद्धमा लड्ने एक सच्चा वकिलको कथालाई देखाएको छ ।
‘जय भीम’ तमिल चलचित्रको एक नयाँ आन्दोलनको हिस्सा हो । यसको माध्यमबाट कैयौं युवा निर्माताले दलितमाथिको उत्पीडन विरुद्धमा चलचित्रको माध्यमबाट दर्शकमाझ प्रस्तुत गरिरहेका छन् ।
‘जय भीम’ हलमा रिलिज भएको चलचित्र होइन । त्यसैले यसको लोकप्रियताको मापन बक्स अफिस आँकडा होइन । तर, आईएमडीबीमा दर्शकले यो चलचित्रलाई ९.६ रेटिङ दिएर पहिलो स्थानमा पुर्याएका छन् ।
एजेन्सी