नेप्से परिसूचक २८ सय नाघ्यो, यी कम्पनीले कमाए धेरै

काठमाडौं । मंसिर महिनाको पहिलो दिन शेयर बजार बढेको छ । दिनभर देखिएको तीब्र उचार चढावपछि नेप्से परिसूचक १६ दशमलव ९५ अंकले बढेर २ हजार ८ सय १ दशमलव ५२ अंकमा पुगेको छ ।

कारोबार रकम पनि मंगलबारको तुलनामा बुधबार बढेको छ । दिनभर भएका ७७ हजार ५१८ कारोबारबाट १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँ पुगेको छ ।

आज सबैभन्दा धेरै कमाउनेमा पञ्चकन्या माई हाइड्रोपावर देखिएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशत अर्थात ३५ रुपैयाँ ३० पैसाले बढेर ३८८ रुपैयाँ ४० पैसामा पुगेको छ । दोस्रो धेरै कमाउनेमा माथिल्लो तामाकोशीको शेयर मूल्य पनि १० प्रतिशत नै अर्थात ६४ रुपैयाँ १० पैसाले बढेर ७०५ रुपैयाँ ४० पैसा पुगेको छ ।

यसैगरी नेपाल बंगलादेश बैंक र मैलुङ खोलाको शेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १ गते बुधवार
प्रतिक्रिया दिनुहोस