सिट क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीका साधन माथी निगरानी


दाङ –
सवारी दुर्घटना बढ्दै गएपछि दाङमा ट्राफिक प्रहरीले सिट क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनमाथि निगरानी बढाएको छ । ट्राफिक प्रहरीले दुर्घटना न्युनिकरणका लागि कोचाकोचको यात्रा गराउने सवारी धनिलाई पहिलोपटक सचेतना गरिरहेको जनाएको छ ।

ट्राफिक प्रहरीले दाङ देखी जिल्ला बाहिर जाने ठूला बस तथा ट्याक्सीहरु माथी निगरानी बढाउदै अटेरी गर्ने बिरुद्ध मुुद्धा चलाउने सम्मको चेतावनी समेत दिएको छ ।

सबै व्यवसायीहरुलाई आग्रह गरिएको र अटेरी गरे सार्वजनिक मुद्धामा कार्वाही गर्ने चेतावनी दिईएको जिल्ला ट्राफिक प्रहरी प्रमुख थम्मन जिसिले बताउनुभयो । सबै सवारीका साधनमा नियमित जाँच तथा निगरानी गर्न र अटेरी गर्नेलाई कार्वाहीको दायरामा ल्याउन थालेको उहाँले बताउनुभयो ।

यस्तै जिल्ला प्रहरी कार्यालय दाङले मातहतका ३ दर्जन प्रहरी इकाईलाई निर्देशन दिदै सिट र भारबहन क्षमता भन्दा बढी यात्रुु तथा सामान ढुुवानी भएको पाईए तत्काल कार्वाही गर्र्न निर्देशन दिएको हो ।

यसैक्रममा प्रहरीले बसहरुबाट सिट क्षमता भन्दा धेरै यात्रुु राख्नका लागि प्रयोग गरिएको बेन्च, मुुडा र स्टुुलहरु जफत समेत गरेको जनाएको छ । ट्राफिक नियम विपरित सवारीका साधन सञ्चालनमा आउदा जतिबेला पनि दुुर्घटना हुन सक्ने भन्दै सचेत र सतर्क बन्न आबस्यक रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १ गते बुधवार
प्रतिक्रिया दिनुहोस