
दाङ । रोल्पाको माडी गाउँपालिका वडा नं. ६ हान्निङ ठाउँमा पिकअप जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
आइतबार बिहान ११ बजेतिर भएको दुर्घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको छ भने थप तीन जना घाइते भएका छन् । मृतकहरुको पहिचान खुलेको छैन ।
रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुबेदीका अनुसार मृतकको पहिचान भइ नसकेको र घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । जीपमा ६ यात्रु भएको आशंका भइरहेको सुबेदीले जानकारी दिए ।
उक्त यात्रुबाहाक पिकअप जीप माडी गाउँपालिका वडा नं. ६ हान्निङबाट घर्ती गाउँतर्फ जाँदै थियो । दुर्घटनाको कारण खुली सकेको छैन ।
प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार