
घोराही । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती दाङको अध्यक्षमा रुद्रमणि पौडेल चयन भएका छन् ।
घोराहीमा सम्पन्न भएको चौथो अधिवेशनबाट पौडेलको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
जसको उपाध्यक्षमा किरण जैशी, रेशमलाल शर्मा र कुन्ता भण्डारी, सचिव अमर ओली, सहसचिव खड्क केसी र कोषाध्यक्ष मनोज बिष्ट चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा काशीराम ओली, चन्द्रप्रकाश नेपाली, अर्जुन श्रेष्ठ, कुविरजंग खड्का, दानसिंह रोका, जोखिम ओली, गोपाल केसी, ओमप्रकाश केसी, दीपा पुन मगर, पुष्कर बिक, दीपक राना, कृष्ठ श्रेष्ठ, पोषणराज शर्मा, चन्द्रशोभा कँडेल, यमलाल भण्डारी, नमुना खड्का, कृष्ण चौधरी, रामराज पौडेल, अस्मिता थापा र आशिष बिसी रहेका छन् ।
प्रकाशित मिति : २०७८ कार्तिक २७ गते शनिवार