चन्द्रौटा उद्योग वाणिज्य सङ्घद्धारा अग्निपीडित व्यवसायीलाई सहयोग

कपिलवस्तु –

चन्द्रौटा उद्योग वाणिज्य सङ्घद्वारा अग्नि पीडित दुई युवा व्यवसायीलाई सहयोग गरिएको छ । आगलागी वाट पूर्ण रूपमा क्षति भएकोले सङ्घको पहलमा केही रकम र पलाई सहयोग प्रदान गरेको सङ्घका अध्यक्ष जम्सेद मियाँले बताउनुभयो ।

उद्योगी तथा व्यवसायीको लगानी जोखिममा रहेकोले यो विपले पाठ सिकाउने हुँदा हरेस नखान अध्यक्ष मियाँले सुझाव दिनुभयो ।

नगद ५२ हजार ८ सय र डेढ लाख बरावरको ८१ पिस पलाई पसल सञ्चालक विष्णु भुसाल र बाबुराम गिरीलाई प्रदान गरिएको महासचिव दमन भाट(नारायण) ले बताउनुभयो ।

पुराना सामाग्री नष्ट भएकोले अब पुन नयाँ तरिकाले व्यवसाय सञ्चालन गर्दा आवश्यक सहयोग गर्ने संघका वरिष्ठ उपाध्यक्ष ईश्वरी प्रसाद पाण्डेले बताउनुभयो ।

बिमाको पहल र बैक कारोबारको लागि सङ्घले आवश्यक पक्रियामा सहयोग गर्ने भन्दै थप ऊर्जाका साथ व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेका चन्द्रौटा फिक्स सप र ल्यापटप हस्पिटलमा गत मगंलवार राती आगलागी भएको थियो । राती करिव १० बजे लागेको आगोले ९० लाख बढीको क्षती भएको थियो । दुबै पसलका सबै सामाग्रीहरु नष्ट भएका थिए ।

प्रकाशित मिति : २०७८ कार्तिक २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस