कार्तिक २८ गतेदेखि बालबालिकालाई फाइजरको खोप लगाइने

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको फाइजर खोप कार्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगी बालबालिकालाई लगाइने भएको छ ।

कोभ्याक्स सुविधा मार्फत अमेरिकाले १ लाख मात्रा खोप उपलब्ध गराएको फाइजर खोप दीर्घरोगी बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फाइजर खोपको पहिले मात्रा कार्तिक २८ देखि मङ्सिर ४ गते लगाइने छ भने दोस्रो मात्रा मङ्सिर २७ देखि पुस २ गतेसम्म दिने भएको छ ।

खोप काठमाडौँ उपत्यकाभित्रका ८ र बाहिरका १६ गरी २४ वटा अस्पतालमा खोप केन्द्रमा लगाइने भएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस