दाङबाट विराटनगरतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १२ जना घाइते

जनकपुरधाम । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मालटोलमा बुधबार बस दुर्घटना भएपछि बसमा आगलागी भएको छ ।

दाङबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख ७१०२ नम्बरको बस विहान ८ बजे अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

राजमार्गभन्दा २० फिट तल खसेर दुर्घटना भएलगत्तै बसमा आगलागी भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताए । आगलागीपछि बस पूर्ण रुपले जलेको छ ।

दुर्घटनामा बसमा सवार १२ जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि बसका चालक सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ बस्ने ४० बर्षीय भगवतीप्रसाद कर्ण र सहचालक सम्पर्कमा नरहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस