डिम्याट खाता खोल्नेको संख्या ४६ लाख बढी

काठमाडौं । शेयर बजारमा लगानी गर्नको लागि डिम्याट खाता खोल्नेको संख्या ४६ लाख नाघेको छ । शेयर बजारमा नयाँ लगानी भित्रने क्रमले एक महिनामा नै एक लाख नयाँ डिम्याट खाता थपिएका छन् ।

शेयर बजारको सम्पूर्ण तथ्यांक राख्ने कार्यालय सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबारसम्म डिम्याट खाताको संख्या ४६ लाख १८ हजार ६ सय पुगेको छ ।

सिडिएससीका अनुसार मेरो शेयर प्रयोगकर्ताको संख्या पनि ३७ लाख ३४ हजार ३ सय १९ पुगेको छ । मेरो शेयरबाट साधारण शेयर (आईपीओ) भर्न तथा दोस्रो बजारमा बिक्री गरिएको शेयर ट्रान्सफर गर्न सकिन्छ । मेरो शेयर खाता नहुनेहरुले आईपीओ भर्न समेत बैंकमा पुग्नु पर्ने हुन्छ ।

अहिले ७ अर्ब ३९ करोड २४ लाख ८४ हजार ६०४ कित्ता शेयर डिम्याटमा रहेका छन् । अझै पूर्ण रुपमा शेयर डिम्याटमा आइनसकेको सिडिएससीको भनाइ छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस