बबईमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १९ जना घाइते

तुलसीपुर । सल्यानको कालिमाटीबाट दाङ आउँदै गरेको यात्रुबहाक जीप बबईमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय हंसपुरका प्रहरी प्रमुख सई टीका महतराका अनुसार सल्यानको कालिमाटीबाट दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको भे १ ज ५२२ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

तस्बिरः सन्तोष शर्मा

मृत्यु हुनेमा सल्यानको कालिमाटी गाउँपालिका वडा नं. ३ का गाडी धनि अन्दाजी ४० वर्षीय देबबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको सई महतराले जानकारी दिए ।

घाइतेहरुमध्य दुई जना बालबालिकाको अवस्था गम्भीर रहेको महतराले बताए । चालक भने फरार रहेका छन् ।

दाङको बबई गाउँपालिका वडा नं.३ ठाडो खोलामा बिहान ९ बजेतिर जीप दुर्घटना भएको र आफुहरुलाई साढे ९ बजेतिर मात्रै खबर प्राप्त भएको प्रहरी सई महतराले बताए ।

आफुहरु पुगेर उद्धारमा जुटेको र १९ जना घाइतेलाई उपचारका लागि तुलसीपुरतर्फ पठाएको उनले बताए ।

प्रकाशित मिति : २०७८ कार्तिक २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस