
दाङ । दाङबाट प्रकाशित हुने सूचनापत्र साप्ताहिकका सहसम्पादक दाङ घाेराही निवासी पत्रकार अनिल अधिकारीलाई मातृ शाेक परेकाे छ ।
अधिकारीकी ममतामयी आमा इन्दिरा अधिकारीको ६५ वर्षकाे उमेरमा २०७८ साल कार्तिक २१ गते दुर्घटनामा परि दुःखद निधन भएकाे छ । उनको निधनप्रति प्रेस सेन्टर नेपाल दाङले श्रद्धाञ्जली ब्यक्त गरेको छ ।
कात्तिक २१ गते सल्यानदेखि दाङ आउने क्रममा बस दुर्घटना हुँदा उनीलगायत १२ जनाको निधन भएको खबरले आफुलाई अत्यन्त मर्माहत बनाएको प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष पाण्डब शर्माले बताए ।
`दु:खको यस घडीमा आमा इन्दिरा लगायत सम्पूर्ण दिवंगतहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछाैं । साथै परिवारजनमा गहिराे समवेदना व्यक्त गर्दछाैं’ शर्माले भने ‘बस दुर्घटनामा परि घाइते भएकाहरूकाे शीघ्र स्वास्थ लाभकाे कामना गर्दै घटनाकाे तत्काल छानवीन गरि दाेषी उपर कारबाहीको माग गर्दछाैं । साथै बढ्दाे सवारी दुर्घटना न्यूनीकरण गर्न ठाेस कदम चाल्न राज्यसँग जाेडदार माग गर्दछाैं ।´