दाङ –
दोस्रो ठुलो चाड तिहारको रौनक शुरु भएको छ । आज काग तिहार र कुकुर तिहार मनाइदै छ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहारमा कागलाई मीठो मीठो खानेकुरा खान दिइन्छ ।
कागलाई सन्देशवाहकका रुपमा पूजा गर्ने गरिन्छ । यस्तै आजै कुकुर तिहार पनि परेको छ । भोलि लक्ष्मी पुजा, गाई पुजा, पर्सि गोरु पुजा र कार्तिक २० गते भाइटीका रहेको नेपाल पञ्चाङ्ग निणर्ायक समितिले जनाएको छ ।
बिहान ११ बजेर २ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको समितिको भनाइ छ । झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै प्रमुख सहरमा थरीथरीका बत्ती बाल्न सुरु भइसकेको छ ।
यसैबिच भोलिदेखि सरकारी कार्यालय पनि बन्द हुँदैछन् । भोलिदेखि बन्द भएका सरकारी कार्यालय कार्तिक २२ गतेबाट खुल्ने भएका छन् । यसैबिच कागतिहारको दिनदेखि नै घर जानेहरुको चहलपहल देखिएको छ ।
गतवर्षमा कोरोना संक्रमणको जोखिमका कारण तिहार मनाउन नपाएकाहरु प्नि अहिले तिहार मनाउन जन्मथलो फर्किने क्रम बढेको छ । अहिले कोेरोना जोखिम कम भएको हुँदा पनि देउसीभैलो उल्लासमय हुने देखिएको छ ।
देउसी भैलोका लागि स्थानीय प्रशासनले कुनै रोक लगाएको छैन् । बजारमा किनमेल गर्नेहरु पनि बिगतको भन्दा बढेको व्यवसायीहरुले बताएका छन् ।
यसवर्षको तिहारमा भिलिमिलि बत्तिको बिक्रि समेत बढेको तुलसीपुरका व्यवसायी दुर्गाप्रसाद भुषालले बताउनुभयो ।