हिरा डाँगी स्मृति कप : उपाधिका लागि टरिगाउँ र सक्सेस भिड्दै


दाङ –
दाङको तुलसीपुरमा जारी प्रथम हिरा डाँगी स्मृति कप खुला फुटबलमा आज फाइनलका खेल हुने भएका छन् । फाइनलमा आज उपाधिका लागि तुलसीपुर-१२ को टरिगाउँ युवा क्लब र तुलसीपुर-९ को सक्सेस फुटबल क्लब भिड्ने भएका छन् । आजको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

उपाधी होडमा रहेका दुबै टिममा सशक्त र शानदार प्रदर्शन गर्ने खेलाडिको वर्जश्व रहेकाले फाईनल खेल कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको हो ।

फाईनल खेल आज दिउँसो साढे २ बजेपछि हुने खेल पत्रकार लक्ष्मण बस्नेतले जानकारी दिनुभयो । प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद १ लाख २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ६० हजार, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ ।।

प्रकाशित मिति : २०७८ कार्तिक १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस