नेपाली सेनाले अवरुद्ध सडक सञ्चालनमा ल्याउदै

रोल्पा। विगत एक वर्ष देखि अवरुद्ध सुलिचौर-अरेश-प्युठान सडकखण्ड सञ्चालनमा ल्याउनको लागि नेपाली सेना सडक मर्मत कार्यमा जुटेको छ । जिल्ला प्रशासन कार्यालय रोल्पा र सुनिलस्मृती गाउँपालिकाको संयुक्त पहलमा रोल्पा जिल्लामा तैनाथ नेपाली सेनाको खड्कदल गणले काम सुरु गरेको बताइएको छ ।

कात्तिक ७ गतेदेखि अवरुद्ध भएको सडकमा दैनिक रूपमा ब्लाष्टर टोली प्रयोग गरि उक्त सडकखण्डको अवरोध हटाउने कार्य भइरहेको छ। सुनिलस्मृती गाउँपालिका वडा नं.४ स्थित धनचौर ईलाकामा पहिरो गएर सडक अवरुद्ध भएको थियोे ।

सडक अवरोधले रोल्पा तथा प्युठान जिल्लाका दुर्गम स्थानमा बसोबास गर्ने सर्वसाधारणहरुलाई यातायात र सामान ढुवानीमा समस्या भएको छ । उक्त सडक अवरोध हुँदा लामो दुरीका पैदल यात्राको लागि वैकल्पिक बाटो प्रयोग गरिएको छ । सडक नियमित सञ्चालन हुन केही समय लाग्ने गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति : २०७८ कार्तिक १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस