
दाङ –
तुलसीपुरमा जारी प्रथम हिरा डाँगी स्मृति कप फुटबल प्रतियोगितामा आज देखि सेमिफाइनलका खेल हुने भएका छन् ।
आज दिउँसो टरिगाउँ युवा क्लब तुलसीपुर १२ र सहारा क्लब लखनउ बिच खेल हुने भएको छ । खेल दिउँसो साढे २ बजेपछि शुरु हुने खेल पत्रकार लक्ष्मण बस्नेतले जानकारी दिनुभयो । आज हुने सेमिफाइनलको खेल निकै रोमान्चक हुने छ ।
यस्तै दोस्रो भोलि दिउँसो युएनबिसी घोराही र सक्सेस फुटबल क्लबबिच खेल हुने भएको छ । आज र भोलि बिजयी हुने टिम उपाधिका लागि कार्तिक १६ गते भिड्ने भएका छन् ।
हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजनामा तुलसीपुरको अरनिको खेल मैदानमा फुटबल प्रतियोगिता भइरहेको छ ।
प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद १ लाख २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ६० हजार, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ ।
प्रकाशित मिति : २०७८ कार्तिक १४ गते आइतवार