रोल्पा-
नेपाली कला साहित्य डटकम प्रतिष्ठानले रोल्पाका दुई साहित्यकारलाई नगदसहित सम्मान गरेको छ । प्रतिष्ठानले डिबी टुहुरो र नवीन विभासलाई नगद र प्रमाणपत्रले सम्मान गरेको हो ।
टुहुरोलाई प्रतिष्ठानको योगेश्वर स्मृति प्रतिष्ठान स्थापित ‘योगेश्वर वाङ्मय पुरस्कार-२०७८’ बाट पुरस्कृत गरिएको छ भने विभासलाई नेपाली कला संस्कृती प्रेमी प्रा.डा ग्रेगरी जी.मस्कारिनेक स्थापित ‘ग्रेगरी कलासाहित्य प्रेमी पुरस्कार-२०७८’ बाट पुरस्कृत गरिएको हो ।
साहित्यकार टुहुरोलाई नगद २५ हजार सहित प्रमाणपत्रले सम्मान गरिएको छ भने अर्का साहित्यकार विभासलाई नगद २० हजार सहित प्रमाणपत्र मार्फत सम्मान गरिएको छ ।
टुहुरो लामो समयदेखि कला साहित्यमा कलम चलाउदै आउनुभएको छ । उहाँ रेडियो मालश्रीका स्टेशन म्यानेजर र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको सभापति समेत हुनुहुन्छ । विभास लामो समय देखि कला साहित्यमा कलम चलाउदै आउनु भएको छ ।