हिरा डाँगी स्मृति कप : सक्सेसको सेमिफाइनल यात्रा तय


तुलसीपुर-

तुलसीपुरमा जारी प्रथम हिरा डाँगी स्मृति कप फुटबल प्रतियोगितामा आज पनि दुई खेल भएका छन् । आज बिहान भएको पहिलो खेलमा सक्सेस फुटबल क्लब बिजयी भएको छ । रुकुम फुटबल क्लबलाई १ का बिरुद्ध ६ गोलले पछि पार्दै सक्सेसले सेमिफाइनलको यात्रा तय गरेको हो ।

पहिलो हापको ६ मिनेटमा जर्सि नम्बर ११ का खेलाडी अरुण चौधरी पहिलो गोल गर्नुभएको हो । खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने जर्सी नम्बर १४ का खेलाडी सन्दीप चौधरीलाई म्यान अफ द म्याच घोषणा गरिएको खेल पत्रकार लक्षमण बस्नेतले जानकारी दिनुभयो ।

त्यसैगरी आजै दिउँसो भएको खेलमा टरिगाउँ फुटबल क्लब तुलसीपुर-१२ ले नबलपुुर फुटबल एकाडेमी घोराहीलाई ० का बिरुद्ध ५ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । खेलको पहिलो हापको ३१ मिनेटमा जर्सि नम्बर ९ का खेलाडी अर्जुन नेपालीले १ गोल गर्नुभएको थियो ।

दोस्रो खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने जर्सि नम्बर ८ का खेलाडी लेखनाथ महर म्यान अफ द म्याच घोषित हुनुभएको छ । यसैबिच भोलि नवलपरासी र युएनविसी घोराहीबिच बिहान र दिउँसो एसएसएफए र सहारा क्लब लखनउ बिच खेल हुने भएको छ । भोलि दुवै खेल क्वाटर फाइनलका रहेका छन् ।

हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजनामा तुलसीपुरको अरनिको खेल मैदानमा फुटबल प्रतियोगिता भइरहेको छ । २०७६ साल चैत ३ गतेका दिन एक समुहको आक्रमणमा परि मृत्यु भएका फुटबलका खेलाडी डागीको सम्झनामा स्थानिय स्तरमा फुटबल खेलको पहुच अभिवृद्धि गर्ने र व्यवसायिक फूटबल खेलको विकासमा थप टेवा पुर्‍याउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा ईन्डियाको सहारा क्लब, अन्य जिल्ला र स्थानिय गरि १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद १ लाख २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ६० हजार, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ ।।

प्रकाशित मिति : २०७८ कार्तिक १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस