
काठमाडौं । जापानको राजधानी टोकियोस्थित एक कम्पनीले उड्ने मोटरसाइकल सार्वजनिक गरेको छ ।
फुजी हिमालको फेदमा अवस्थित एक खाली रेसट्र्याकमा होभरबाइक नामक उड्ने मोटरसाइकल सार्वजनिक गरिएको हो ।
एएलआई कम्पनीले उत्पादन गरेको उड्ने मोटरसाइकल एकपट चार्ज गरेपछि ४० मिनेटसम्म प्रतिघण्टा एक सय किलोमिटर आकाशमा उड्न सक्छ ।
होभरबाइकको मूल्य ६ लाख ८२ हजार अर्थात् झण्डै आठ करोड २० तय गरिएको निकेइ एसियाले जनाएको छ। कम्पनीका अनुसार तीन सय किलो तौल रहेको उड्न् मोटरसाइकलमा एकजना चढ्न मिल्छ ।
मोटरसाइसलक सार्वजनिक भएको दिनदेखि नै अर्डर लिन थालिएको र आगामी वर्षको मध्यसम्ममा सीमित ग्राहकलाई २०० मोटरसाइलक उपलब्ध गराइने कम्पनीको भनाइ छ । एजेन्सी
प्रकाशित मिति : २०७८ कार्तिक ११ गते बिहिवार