यमाहा एक्सचेन्ज महामेलामा ग्राहक वढ्दै

तुलसीपुर । तुलसीपुरको घोराही रोडमा रहेको ड्रिमल्याण्ड ट्रेडर्स प्रालिले यमाहा एक्सचेन्ज महामेलामा ग्राहकहरुको भिड भएको आयोजकले जनाएको छ । घोराही रोडमा रहेको कृषि विकास बैंकको पूर्वतिरको मैदान हात्तिखौवा तुलसीपुरमा ५ दिने महामेला सञ्चलन भैरहेको छ ।

कार्तिक ९ गतेदेखि सुरु भएको यमाहा महामेलामा दैनिक वाइक तथा स्कुटि किन्ने तथा एक्सचेन्ज गर्नेको उल्लेखनिय भएको प्रा.लिका मेनेजर लंक खड्काले जानकारी दिए ।

खड्काकाअनुसार महामेला ९ गते देखि १३ गतेसम्म मात्र सञ्चालन हुने भएकोले जुनसुकै कम्पनी तथा ब्राण्डको बाइक तथा स्कुटरहरु अपग्रेड तथा एक्सचेन्ज गर्न वा बाइक तथा स्कुटरको प्रचलित बजार मुल्यभन्दा १० हजार थपसहित मुल्यांकन गरिने भएकाले उक्त महामेलाबाट सबैलाई सेवा लिन आग्रह गरेका छन् ।

साथै यमाहाको बाइक तथा स्कुटरको नगदखरिदमा ८ हजार देखि एक लाख सम्मको छुट , जिरो प्रतिशत व्याजदर र फानान्सको सुविधा उपलब्ध रहेको प्रा।लिका सञ्चालक राजेन्द्र श्रेष्ठले जानकारी दिए । साथै फ्रि एशोसरिज, हेल्मेट, बाइक कभर, स्पोर्टस व्याग, ग्लोब्स, म्युजिकल प्रोग्रामलगायत फ्रि चेकअपको पनि व्यवस्था गरिएको छ ।

उक्त महामेलामा कुनै पनि बाइक तथा स्कुटरहरु मुल्यांकन गर्न ल्याउँदा अनिवार्य ब्लुबक साथमा लिएर आउन प्रा।लिका मेनेजर लंक खड्काले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७८ कार्तिक ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस