तुलसीपुर-
तुलसीपुरमा जव सेन्टर दाङ संचालनमा आएको छ । उद्योग, कलकारखाना, व्यापार, संघसंस्थामा आवश्यक जनशक्ति प्रदान गर्न र बेरोजगार युवायुवतीलाई रोजगारी प्रवन्ध मिलाईदिन जव सेन्टर संचालनमा आएको हो ।
तुलसीपुरको जेसीज चोक नजिकै स्थापना भएको जब सन्ेटर दाङले व्यक्तिको सिप, क्षमता, योग्यता अनुसारको रोजगारी प्रदान गर्ने दावि गरेको छ ।
जव सेन्टरका संचालक नारायण डाँगी ‘केबल’ले कुनै पनि उद्योग तथा संघसंस्थाले आफुलाई चाहिने जनशक्तिको लागि माग गर्न सक्ने बताउनुभयो । बेरोजगार युवायुवतीले पनि जव सेन्टरको कार्यालयमा सम्पर्क राखेर रोजगारी प्राप्त गर्न सकिने उहाँले बताउनुभयो ।
जव सेन्टरमा विभिन्न किसिमका तालिम संचालन हुने र रोजगारमा सहजीकरण समेत गरिने संचालक डाँगीले बताउनुभयो । उहाँले जव सेन्टरको कार्यालय वा मोबाइल नम्बर ९८४७९७८८०५ मा सम्पर्क गर्न अनुरोध समेत गर्नुभएको छ ।



