
तुलसीपुर-
तुलसीपुरमा हिजोदेखि शुरु भएको प्रथम हिरा डाँगी स्मृति कप खुला फुटबल प्रतियोगितामा आज दुइ खेल हुने भएका छन् । आजको पहिलो खेल एसएसएफए तुलसीपुर र मेघा क्लब घोराहीबिच प्रतिष्पर्घा हुने खेल पत्रकार लक्ष्मण बस्नेतले जानकारी दिनुभयो ।
त्यसैगरी दोस्रोमा सक्सेस फुटवल क्लव तुलसीपुर र शान्तीनगर क्लव बिच खेलहुने भएको छ । हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजनामा तुलसीपुरको अरनिको मैदानमा प्रतियोगिता सुरु भएको हो ।
स्थानिय स्तरमा फुटबल खेलको प्रबद्र्धन गर्ने र फूटबल खेलको व्यवसायिक विकासमा टेवा पुर्याउने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको हो । २०७६ साल चैत ३ गते दिन युवाहरूको आक्रमणमा परि मृत्यु भएका फुटबल खेलाडी डाँगीको सम्झनामा प्रतियोगिताको आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष प्रकाश डाँगीले जानकारी दिनुुभयो ।
प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । जिल्ला भित्रका ७ र जिल्ला बाहिरका ३ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । हिजो भएको खेलमा युएनबिसी घोराहीले युनाइटेड क्लब तुलसीपुरलाइ ५-० को फराकिलो अन्तरले हराएको छ । युएनबिसीका जेनिस रोकाले ५ गोल हान्न सफल हुनुभएको हो ।
प्रतियोगितामा उपाधी चुम्ने समूहलाई नगद १ लाख २५ हजार पुरस्कार प्रदान गरिने फाउण्डेशनले जनाएको छ ।।