मंसिरदेखि विद्युत् शुल्क घट्ने (नयाँ दरको विवरणसहित)

काठमाडौं । आगामी मंसिरदेखि विद्युतको महसुल घट्ने भएको छ । विद्युत प्राधिकरणको निर्यातबाहेक अन्य उपभोक्ताका हकमा औसत १.०४ प्रतिशतले घट्नेगरी आयोगले नयाँ महसुल दर निर्धारण गरेको हो। विद्युत उपभोग बढाउन प्राधिकरणले महसुल औसत २.८४ प्रतिशतले घटाएको हो।

सोमबार बसेको आयोगको बैठकले मंसिरदेखिको विद्युत खपत र २०७८ पुसदेखि बिलिङमा लागू हुनेगरी विद्युत उपभोक्ता महसुल दर निर्धारण गरेको छ।

प्राधिकरणका अनुसार सिङ्गल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका उपभोक्तालाई मासिक न्यूनतम शुल्क साबिक महसुल दरमा २५ ले कटौती गरी क्रमशस् प्रतियुनिट १००, १२५ र १५० कायम गरिएको छ।

यस्तै सिङ्गल फेजबाट मासिक ४०० युनिटभन्दा बढी विद्युत खपत गर्ने ५ एम्पियर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरका उपभोक्तालाई मासिक न्युनतम शुल्क साबिकको महसुल दरमा २५ ले कटौती गरी क्रमशस् प्रतियुनिट १५०, १७५, २०० र २५० कायम गरिएको छ।

नयाँ दरको विवरण

प्रकाशित मिति : २०७८ कार्तिक १० गते बुधवार
प्रतिक्रिया दिनुहोस