तुलसीपुर जेसिजको ‘स्लो वाईक रेस’ सम्पन्न

तुलसीपुर । तुलसीपुर नगर जेसिजको सप्ताह अन्तर्गत बुधबार भएको ‘स्लो वाईक रेस’ प्रतियोगितामा भएको छ । अध्यक्ष नेत्रलाल भट्टराई ‘नारायण’को अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य शंकर गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा गिरीले समृद्धिको एउटा आधार खेलकुद भएकाले खेल क्षेत्रलाई अघि बढाउन पहल थाल्ने बताए । कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजारा, लुम्बिनी प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष जितबहादुर केसी, तुलसीपुर नगर जेसिजका निवर्तमान अध्यक्ष मोहन सुनारलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

उनीहरुले अहिले सवारी साधन तिब्र गतिमा हुँदा दुर्घटना बढिरहेको भन्दै यसलाई न्यूनिकरणकालागि सन्देश दिन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए । कार्यक्रममा जेसिजका पूर्व अध्यक्षलगायतको सहभागिता रहेका थियो ।

कार्यक्रम संयोजक सन्दिप भुषालले स्वागत मन्तब्य ब्यक्त गरेका थिए, भने कार्यक्रमको बारेमा मुल संयोजक कमल प्रकाश शर्माले प्रकाश पारेका थिए । उपाध्यक्ष छबिकुमार वलीले जेसिजको आस्थापाठ सुनाएका थिए भने सहजीकरण सचिब झग्गु प्रसाद सापकोटा(सुसान्त) ले गरेका थिए ।

तुलसीपुरको अरणीको मैदानमा आयोजित प्रतियोगितामा केशव केसी प्रथम, सोहिल अन्सारी द्वितीय, सोनी रक तृतीय भएका थिए । विजेताहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

जेसिजले सप्ताह व्यापि रुपमा बिभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । सप्ताह १३ गतेसम्म चल्ने प्रबक्ता पूर्णविक्रम डाँगीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ कार्तिक १० गते बुधवार
प्रतिक्रिया दिनुहोस