
तुलसीपुर-
तुलसीपुरमा आजदेखि प्रथम हिरा डाँगी स्मृति कप खुला फुटबल प्रतियोगिता हुने भएको छ । हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजनामा हुने प्रतियोगिता तुलसीपुरको अरनिको मैदानमा हुने भएको हो ।
स्थानिय स्तरमा फुटबल खेलको प्रबद्र्धन गर्ने र फूटबल खेलको ब्यवसायिक बिकासमा टेवा पुर्याउने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।
२०७६ साल चैत ३ गते दिन युवाहरूको आक्रमणमा परि ज्यान गुमाएका फुटबल खेलाडी डाँगीको सम्झनामा प्रतियोगिताको आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष प्रकाश डाँगीले जानकारी दिनुुभयो ।
प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ । प्रतियोगितामा उपाधी चुम्ने समूहलाई नगद १ लाख २५ हजार पुरस्कार प्रदान गरिने फाउण्डेशनले जानकारी दिएको छ ।।
प्रकाशित मिति : २०७८ कार्तिक १० गते बुधवार