महशुल नबुझाउनेको लाईन काट्न सुरु


दाङ-
नेपाल विद्युुत प्राधिकरण वितरण केन्द्र तुुलसीपुुरले लामो समय देखि विद्युुत महशुुल नतिर्ने ग्राहकको लाईन काट्न सुुरु गरेको छ । विद्युुत महशुुल समयमै बुुझाउन ताकेता गरेपनि अटेर गर्ने ग्राहकको लाईन काट्न सुुरु गरेको हो ।

लाईन काट्न थाले सँगै रकम तिर्नेहरु बढेको प्राधिकरणले जनाएको छ । कार्तिकको यो पहिलो सातामा मात्रै ७० घरको लाईन काटिएको छ । आर्थिक वर्ष २०७७/७८ मा प्राधिकरणले २ सय ८५ ग्राहकको लाईन काटेको थियो ।

प्राधिकरणले अझै ५ करोड ६७ लाख बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । चालुु आर्थिक वर्षको अन्त्य सम्म ३ करोड असुुल गर्ने लक्ष्य छ । मिटर रिडिङ भएको ६० दिन भैसक्दा पनि महशुुल नतिरेका ग्राहकलाई कालो सुुचिमा राखेर वितरण केन्द्रले लाईन काट्न थालेको हो ।

प्रकाशित मिति : २०७८ कार्तिक ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस