दाङ। लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेको प्रति राष्ट्रिय प्रजातन्त्र पार्टी दाङले कृषकलाई क्षतिपूर्ति दिन सरकारसंग माग गरेको छ । वर्ष दिनको कृषकको मेहनतको फल बाली भित्र्याउने बेला प्राकृतिक बिपत्तिको कारण अत्यन्तै धेरै क्षतिको पुगेको प्रति राप्रपा दाङले गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
केन्द्रीय सदस्य बंशी कुमार शर्मा, दाङ क्षेत्र नं. ३ (क) का अध्यक्ष लक्ष्मण केसी र क्षेत्र नं. ३ (ख) का अध्यक्ष श्रीमणी न्यौपानेद्वारा जारी बिज्ञप्तीमा लेखिएको छ – तत्काल राहतको व्यवस्थापन गरि मानवीय क्षती र घाईतेहरुको यथाशीघ्र निःशुल्क औषधिको उपचारको व्यवस्था गर्न माग गर्दछौ । राज्य नागरिकहरुको अभिभावक भएकाले अविलम्ब बाढी पहिरोबाट असुरक्षित नागरिकहरुलाई शुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसंग माग गरिएको छ ।
साथै विज्ञेप्तीमा बाढीपहिरोमा परेर घाईते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकहरुप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।