दुधरास । तुलसीपुर उपमहानगरपालिका—१८ दुधरासस्थित दुधरास बचत तथा ऋण सहकारी संस्था दशौं वर्ष प्रवेश गरेको छ । संस्थाले बुधबार नवौं साधारणसभा तथा अधिवेशन सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष केशव रिजालको अध्यक्षता तथा ज्येष्ठ शेयर सदस्य जागेश्वर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभा तथा अधिवेशनमा संस्थाका सचिव प्रमोद घिमिरेले आर्थिक प्रतिवेदन, कोषाध्यक्ष विरेन्द्र कुमार अवस्थीले संस्थाको आर्थिक प्रतिवेदन तथा लेखा सुपरीवेक्षण समितिका संयोजक युवराज डाँगीले लेखा सुपरीवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका शेयर सदस्य धनबहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव प्रमोद घिमिरेले गरेको संस्थाका व्यवस्थापक शिवराज डाँगीले जानकारी दिएका छन् । करीव २ करोड निक्षेप रहेको सो संस्थाले यो वर्ष २ लाख ६२ हजारभन्दा बढी मुनाफा गरेको छ । प्रति शेयर १२ सय ५० रुपैयाका दरले यो वर्ष लाभांस समेत वितरण गरिएको संस्थाले जनाएको छ । हाल संस्थामा २ सय ६६ शेयर सदस्य रहेका छन् ।
यसैबीच नवौं साधारणसभा तथा अधिवेशनले केशव राज रिजालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा धनबहादुर बस्नेत, सचिवमा प्रमोद घिमिरे, कोषाध्यक्षमा विरेन्द्र कुमार अवस्थी सर्वसम्मत रुपमा चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा विष्णु प्रसाद खुलाल, विरेन्द्र खड्का, मधुसुदन घिमिरे, मनोजजंघ राणा, सुर्य बस्नेत, देवा केसी र आशा जिसिलाई चयन गरियो । त्यस्तै लेखा समितिको संयोजकमा युवराज डाँगी र सदस्यहरुमा निराकार अधिकारी र रमेश रोकालाई चयन गरिएको छ । शिक्षा उपसमितिको संयोजकमा दयानिधि घिमिरे रहेका छन् भने सो उपसमितिको सदस्यहरुमा अर्जुन डाँगी र उर्मिला पोख्रेल सर्वसम्मत रुपमा चयन भएका छन् ।