७ र ८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

काठमाडौं । सरकारले प्रत्येक वर्ष कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउदै आएकोमा यस वर्ष कात्तिक ७ र ८ गते बालबालिकालाई सो औषधि खुवाउने भएको छ ।

दशैंको विदा पर्न गएकोले ४ दिन ढिला भएकोले ७ र ८ गते बालवालिकालाई औषधी खुवाउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउँदै आएको छ ।

आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अभिभावकलाई आग्रह गरेको छ ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकाले खोप केन्द्रमा जाँदा जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस