सल्यान-
सल्यानमा एक महिलाको बसुलाको प्रहारबाट मृत्यु भएको छ । कुमाख गाउँपालिका वडा नम्बर ५ तिमिलेका ४७ वर्षीय कविराज खड्काले आफ्नी श्रीमती ४२ वर्षीया कली खड्काको बसुलाले प्रहर गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गएराति ११ बजे हत्या भएको हो । कविराजले मादक पदार्थ सेवन गरेका थिए । छोराछोरीसँगै सुतेकी श्रीमतीलाई बसुलाले प्रहार गरेर कविराजले हत्या गरेको प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिनुभयो । बसुलाले टाउकोमा प्रहार गर्दा कलीको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो ।
१४ बर्षीय छोरा र ६ वर्षीय छोरीसँगै सुतिरहेकी श्रीमतीलाई मदिरा सेवनपछि श्रीमानले बसुला प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । केही दिनअघि श्रीमान् र श्रीमतीबीच घरायसी कुरामा सामान्य विवादसमेत भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।