दाङ- सरकारले मंगलबार (आज) मुस्लिम समुदायलाई सार्वजनिक विदा दिएकोे छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निणर्य गरेको हो ।
साउदी अरेबियामा जन्मेका मोहम्मद इस्लाम धर्मका संस्थापक हुन् । उनको जन्म मक्कामा ५७० एडीमा भएको थियो भने मृत्यू मक्कामा ६३२ जून ८ मा भएका थियो । विश्वभर झण्डै २ अर्ब मुस्लिमहरु छन् । नेपालमा मुस्लिम जनसंख्या करिब १२ लाख रहेको छ, जुन कुल जनसंख्याको ४.४ प्रतिशत हो ।
प्रकाशित मिति : २०७८ कार्तिक २ गते मङ्गलवार


