![](https://pradeshpatra.com/wp-content/uploads/2021/09/khukuri-prahar.jpeg)
कैलाली / धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २७ वर्षीय रमेश चौधरीको हत्या गरेको आरोपमा श्रीमती अमृता चौधरी ९२७० सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार बिहानै घरदेखि करिब ७ सय मिटर टाढा खुटिया खोलाको छेउमा चौधरीको शव फेला परेको बताउदै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले शवको प्रकृति हेर्दा हत्या गरेको आशंका मृतक चौधरीकी श्रीमती सहित ४ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए ।
शुक्रबार साँझ साथीको घरमा जान भन्दै घरबाट निस्किएका उनी बिहान मृत अवस्थामा फेला परेका थिए । प्रारम्भिक रूपमा मृतककी श्रीमती उनको केटा साथी बिष्णु चौधरी ९२९० ले घाँटी थिचेर हत्या गरेको पाइएको प्रहरी उपरीक्षक अधिकारले बताए । उनले अन्य दुईजनाको बारेमा भने घटनामा संलग्न रहे नरहेको अनुसन्धान भैरहेको बताए ।
प्रकाशित मिति : २०७८ असोज ३१ गते आइतवार