
दाङ-
दाङसहित देशभरको मौसम आज आंशिकदेखि सामान्य बदली रहने भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा मौसम बदली रहने जनाएको छ ।
महाशाखाका अनुसार हाल देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएपनि केही स्थानमा मौसम हल्का वर्षाको सम्भावना रहेको छ । हाल सुदुरपश्चिम र कणर्ाली प्रदेशमा आंशिक देखी सामान्य बदली रही बाकी भू-भागमा सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
यस्तै आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रही पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
प्रकाशित मिति : २०७८ असोज २७ गते बुधवार