दोस्रो दाङ भ्याली खुला क्रिकेटमा आज सेमिफाइनलका खेल हुँदै


दाङ-
तुलसीपुरमा जारी दोस्रो ईन्टर दाङ भ्याली टि- २० क्रिकेटमा आज सेमिफाइनलका खेल हुदैछन् । डिभिसिसि दाङको आयोजनामा तथा पार्टी फ्लो रेस्टुरेन्ट तुलसीपुरको मुख्य प्रायोजनमा महेन्द्र माबी खेलमैदान तुलसीपुरमा संचालित प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा एनसिए घोराही र टिएससि तुलसीपुर भिड्दैछन् ।

खेल केहिबेर अघि शुरु भएको छ । त्यस्तै दोस्रो सेमिफाइनलमा वाईओटि तुलसीपुर र टिसिए तुलसीपुर आमनेसामने हुनेछ्न् । दोस्रो खेल दिउँसो १ बजे हुने आयोजक क्लबका अध्यक्ष आभाष बुढाथोकीले जानकारी दिनुभयो ।

पहिलो संस्करण सफलता पूर्वक सम्पन्न गरेको डिभिसिसीले जिल्लामा क्रिकेट खेलको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई क्रिकेट खेलमा स्थापित गर्ने उदेश्यका साथ क्रिकेट च्याम्पियनसिपको आयोजना गरेको हो ।

प्रतियोगिताको बिजेताले नगद ४० हजार ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा जिल्लामा स्थापित क्रीकेट क्लबका ११ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विधातर्फका वेस्ट व्याट्सम्यान,वेस्ट बलर, वेस्ट फिल्डर, म्यान अफ द म्याच, म्यान अफ द सिरिज र मोस्ट सिक्स प्रहार गर्ने खेलाडीलाई पुरस्कृत गरिने उपाध्यक्ष सागर देवकोटाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ असोज २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस