दाङ।
दाङको तुलसीपुरमा तुलसीपुर नगर स्तरीय कराते प्रतियोगिता २०७८ आइतबारदेखि सुरु भएको छ।
सितोरियो कराते अरनिको डोजो तुलसीपुर ५ को आयोजनामा कराते हल तुलसीपुर ९ बेलुवामा सञ्चालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मेयर पाण्डेले खेलकुद क्षेत्रलाई देशको समृद्धिसंग जोडेर लैजानु पर्ने बताएका छन् ।
खेलकुद राष्ट्रको सान र गौरव हो यसलाई खेल पर्यटनको गन्तव्यको रुपमा बिकास गर्न सके देश समृद्धिको दिशातर्फ उन्मुख हुने उनको भनाई थियो। साथै उनले यसका लागि सबैको चासो र चिन्तन त्यत्तिकै आवश्यक रहनु पर्ने समेत बताए।
सितोरियो कराते अरनिको डोजो तुलसीपुर ५ का प्रमुख प्रशिक्षक पदम बहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा न ९ का अध्यक्ष घनश्याम ढकाल, दाङ जिल्ला खेलकुद बिकास समितिका निवर्तमान अध्यक्ष डिल्ली बहादुर डाँगीको बिशिष्ट आतिथ्यमा भएको थियो।
सो अवसरमा कराते खेलको बिकास र बिस्तारमा अतुलनीय योगदान पुर्याए वाफत नेपाल सितोरियो करातेका लुम्बिनी प्रदेश प्रमुख बल राज नेपालीलाई सम्मान गरिएको थियो। कार्यक्रममा बिशिष्ट अतिथीद्वय घनश्याम ढकाल, डिल्ली बहादुर डाँगी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए । यसैबिच आईतबार सम्पन्न कुमुते महिला तर्फको ४० केजि तौल समुहमा अरनिको डोजो तुलसीपुरकी बिनिता बुढामगरले स्वर्ण पदक जितिन्।
त्यस्तै भट्टे डोजोकी सम्झना बिकले रजत पदक हात पार्दा रगैचा डोजोकी बालिका खड्का र हापुरे डोजोकी करिस्मा केसि ले कास्य पदक जिते। त्यस्तै ४५ केसि तौल समुहमा अरनिको डोजोकी बिमला डाँगीले स्वर्ण पदक जितिन्।
त्यस्तै अरनिको डोजोकी निशा केसीले रजत पदक हात पार्दा हापुरे डोजोकी झरना बिक र अरनिको डोजोकी सुहाना वलीले कास्य पदक जितिन् ।
प्रतियोगिता भोलि सोमबारसम्म चल्नेछ। प्रतियोगितामा तुलसीपुर पश्चिम क्षेत्रका स्थापित डोजोका झण्डै तीन सय खेलाडिको सहभागिता रहनेछ।