शान्तिनगरका एकसहित आठ जुवाडे पक्राउ

दाङ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले छुट्टाछुट्टै स्थानबाट शान्तिनगरका एकसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वडा नम्वर ४ बस्ने ५० वर्षीय राम चन्द्र कुवर, कावासोती नगरपालिका ६ बस्ने ३९ वर्षीय तिल बहादुर रावत, दाङ शान्तिनगर गाउँपालिका ३ बस्ने २९ वर्षीय भुपेन्द्र विक र धादिङ बेनीघाट गाउँपालिका ७ बस्ने २६ वर्षीय नवराज सिलवाल रहेको प्रहरीेले जानकारी दिए ।

गएराती दश बजे कावासोती नगरपालिका १३ बुढौलीकुना माया गुरुङको घरबाट तिन जना जुवाडे पक्राउ गरी सार्वजनिक गरेको प्रहरीले बताएको छ । गोप्य सूचनाको आधारमा गएको प्रहरीको टोलीले सोहि नगरपालिका ८ बस्ने ३६ वर्षीय मनोज गुरुङ, वडा नम्वर १३ बस्ने ४३ वर्षीय धन बहादुर गुरुङ र वडा नम्वर ५ बस्ने ३० वर्षीय राज कुमार सिंजालीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । साथै उनीहरुको साथबाट नगद १ लाख ५२ हजार ६२० रुपैया र तिन प्याकेट तास बरामद गरिएको डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए ।

यस्तैगरी विनयी त्रिवेणी गाउँपालिका ४ जकाडीमा शनिबार दिउँसो ४ बजे नगद १९ हजार ५०५ रुपैया सहित पाँच जना जुवाडेलाई पक्राउ गरिएको डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए । साथै उनीहरुको साथबाट १६० पत्ती तास बरामद गरिएको छ ।

पक्राउ परेका सवै जुवाडे माथी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत आवश्यक अनुसन्धान भईरहेको डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस