
दाङ । दाङ जिल्ला तेक्वान्दो संघको आयोजना तथा बुद्धिराम स्मृति तेक्वान्दो डोजाङ रामपुरको ब्यवस्थापनमा प्रथम पटक दशै मिलन कार्यक्रम तथा दाङ जिल्ला तेक्वान्दो संघको भावी कार्यक्रम तर्जुमा एवम् समीक्षात्मक कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार घोराही उपमहानगरपालिका–२ रामपुर दाङमा भएको दशैं मिलन कार्यक्रम दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष बिष्णु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजालको प्रमुख आतिथ्यता तथा पूर्व अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी जित बहादुर केसीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा दाङ जिल्ला तेक्वान्दो संघद्वारा पूर्व अध्यक्षहरुलाई पनि सम्मान गरिएको थियो ।
सो कार्यक्रमबाट सम्मानित हुनेमा दाङ जिल्ला संस्थापक अध्यक्ष सुमन कुमार घले, पूर्व अध्यक्ष भिम विक र निवर्तमन अध्यक्ष सुबास चन्द केसी रहेका छन् ।
दाङ जिल्ला तेक्वान्दो संघका सदस्य प्रतिज्ञा भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजाल, प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय खेलाडी जित बहादुर केसी र कोषाध्यक्ष मोहन सुनारलाई जिल्ला अध्यक्ष बिष्णु अधिकारीले मायाको चिनो प्रदान गरेका थिए ।
उक्त कार्यक्रम जिल्ला संघका सचिव बम बहादुर विकले दाङमा तेक्वान्दोको इतिहासको बारेमा जानकारी गराएका थिए भने जिल्ला अध्यक्ष बिष्णु अधिकारीले हालसम्म संघले गरेका कामहरु र आगामि योजनाको बारेमा आफ्नो अवधारणा प्रस्तुत गरेका थिए ।
सो कार्यक्रमको सहजीकरण संघ सदस्य प्रकृति पुनले गरेकी थिइन् ।