खप्तडी बस्नेत बंशाबलीको दशै मिलन

हेमन्तपुर । खप्तडी बस्नेत बंशाबली अनुसन्धान तथा उत्थान समिति बनकट्टिले एक कार्यक्रमको आयोजना गरि दशै मिलन कार्यक्रम सम्पन्न भएको छ ।

समितिका अध्यक्ष डिल्ली बहादुर बस्नेतको अध्यक्षतामा भएको शुभकामना कार्यक्रममा बोल्ने बक्ताहरुले यसपाली कोरोना संक्रमण कम देखिए पनि जोखिम अझै भएकोले सचेत र सजक भइ मनाउने कुरामा जोड दिएका थिए ।


शुभकामना कार्यक्रममा प्रादेशिक आयुर्वेद अस्पतालका बिजौरीका अध्यक्ष कृष्णबहादुर बस्नेत , उपाध्यक्ष प्रेमबहादुर बस्नेत सचिव दलबहादुर बस्नेत, काेषाध्यक्ष केसब बस्नेत , सहसचिव ओम प्रकाश बस्नेत लगायतका बोलेका थिए ।

गएको वर्ष कोरोनाको उच्च जोखिम भएकोले दशै मिलन कार्यक्रम हुन सकेको थिएन ।

प्रकाशित मिति : २०७८ असोज २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस