
दाङ । दाङमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १५ जनाको पिसिआर परिक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा घोराही ४ जना र तुलसीपुर १ जनारहेको जिल्ला आपतकालीन कार्य सञ्चालन दाङले जनाएको छ । यसैविच आज थप ३ जना कोरोना मुक्त भएका छन् । निको हुनेमा तुलसीपुर २ र लमहीका १ जना रहेका छन् ।
दाङमा अहिले कोरोनाका सकृय बिरामीको संख्या ६९ रहेको छ । ति मध्य ५६ जना घरमा र आईसियूमा ४ जना र सामान्यमा ९ रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
बैशाख यता दाङमा कुल ९ हजार १ सय ४० जना संक्रमित भएका छन् भने ८ हजार ८ सय ५५ जना निको भएका छन् । दाङमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १९ पुगेको छ ।
प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार